ad ad

खेल


आईपीएलः गुजरातमाथि पञ्जाबको जित

आईपीएलः गुजरातमाथि पञ्जाबको जित

नेपालखबर
बैशाख २१, २०७९ बुधबार ६:५१, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा गुजरात टाइटन्समाथि पञ्जाब किंग्सले ८ विकेटको सहज जित हात पारेको छ।

मंगलबार भएको खेलमा पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो। 

गुजरातका लागि साइ सुदर्शनले अविजित ६५ रनको पाली खेलेका थिए। पञ्जाबका कागिसो रबाडाले ४ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १६ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पञ्जाबका शिखर धवनले अविजित ६२ रन बनाए भने भानुका राजपाक्षले ४० रनको पाली खेले। 

जारी आईपीएलमा गुजरातको लागि यो दोस्रो हार हो। लिगको शीर्षस्थानमा रहेको गुजरातले १० खेलबाट १६ अंक जोडेको छ।

पञ्जाबले समान खेलबाट १० अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .