खेल


आईपीएलः राजस्थानमाथि कोलकाताको जित

आईपीएलः राजस्थानमाथि कोलकाताको जित

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार ६:४३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ७ विकेटको जित हात पारेको छ।

सोमबार पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ५४ रनको पाली खेलेका थिए। 

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १९ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

कोलकालाका लागि नितिश रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रनको पाली खेले। 

यससँगै कोलकाताले १० खेलबाट ८ अंक जोडेको छ। राजस्थानले भने समान खेलबाट १२ अंक जोडेको छ।

९ खेलबाट १६ अंक जोडेको गुजरात लिगको शीर्षस्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मुम्मबई पुछारमा छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad