ad ad

खेल


नेपाल र जिम्बावेबीचको खेल वर्षाले रद्द

नेपाल र जिम्बावेबीचको खेल वर्षाले रद्द

नेपालखबर
बैशाख १९, २०७९ सोमबार १६:१८, काठमाडौँ

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–२० अभ्यास खेल रद्द भएको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार खेल जारी रहँदा पानी परेपछि खेल रद्द गरिएको हो।

अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गरेपछि खेल रद्द भएको बताएका हुन्। 

वर्षाअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले ४ दशमलव ३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो। 

नेपाल पहिलो खेलमा पाहुना टोलीसँग ६ विकेटले पराजित भएको थियो। नेपालले तेस्रो टि–२० अभ्यास खेल बुधबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .