ad ad

खेल


खेलाडी-प्रशिक्षक विवाद : छानबिनकाे माग गर्दै एन्फालाई खेलाडी संघकाे पत्र

खेलाडी-प्रशिक्षक विवाद : छानबिनकाे माग गर्दै एन्फालाई खेलाडी संघकाे पत्र

नेपालखबर
बैशाख १९, २०७९ सोमबार १६:८, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि क्याम्प छाडेका खेलाडी र अखिल नेपाल फुटबल खेलाडी संघले घटनाको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग लिखित पत्र बुझाएका छन्। 

प्रशिक्षणका दौरान टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले जायज माग राख्दा अलमुताइरीले क्याम्प छाड्न भनेको र त्यही विषयमा कुरा गर्न जाँदा अन्य खेलाडीलाई पनि क्याम्प छाड्न भनेपछि आफूहरु बाहिरिएको बताएका छन्। 

प्रशिक्षकले क्याम्प छाड्न भनेपछि आफूहरुले स्वयम् प्रशिक्षक, सहायक प्रशिक्षक, गोलरक्षक प्रशिक्षक, सहायक व्यवस्थापकलाई जानकारी गराएर बाहिरिएको बताएका छन्।

दैनिक जिवनयापनका लागि आधारभुत माग राख्दा उल्टो क्याम्प छाड्न निर्देशन दिनु र एन्फाका पदाधिकारीले सार्वजनिक रुपमा अनावश्यक प्रतिक्रिया दिनुले दुःखी भएको पत्रमा उल्लेख गरेका छन्। 

‘हामीले आफ्नो अवस्थाबारे व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको र पछिल्लो घटनामा व्यवस्थापनको चरम लापरवाहीबारे पनि ध्यानाकर्षण गराउन चाहान्छौँ’, खेलाडीले बुझाएको पत्रमा उल्लेख गरिएको छ। 

यस्तै, खेलाडी संघले पनि प्रशिक्षक र खेलाडीबीचको विवादका बारेमा छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .