जिम्बाबे ए सँगको दोस्रो टी–२० खेलमा नेपालले पहिले पाहुना टोलीविरुद्ध फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपालले आजको खेलमा एक खेलाडी परिर्वतन गरेको छ। आरिफ शेखको स्थानमा भीम सार्की टोलीमा राखेको छ।
नेपालले जिम्बाबेको ए टोलीसँग ३ खेलको टी–२० खेल्नेछ। नेपालले पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो।
नेपाल सिरिज बराबरी गर्ने योजनामा छ।
33
Shares
प्रतिक्रिया