ad ad

खेल


एन्फालाई अल्मुताइरीको आग्रह : नेपाली राष्ट्रिय फुटबल मेरो मनमा छ, खेलाडीलाई कारबाही नगर्नू

एन्फालाई अल्मुताइरीको आग्रह : नेपाली राष्ट्रिय फुटबल मेरो मनमा छ, खेलाडीलाई कारबाही नगर्नू

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०७९ आइतबार १७:०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १० खेलाडीले क्याम्प छाडेको प्रकरणमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन्।

रोहिन चन्दसहितका १० सिनियर खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताईरीले एन्फालाई पत्र लेखेका हुन्। 

एन्फा महासचिव इन्द्रमान तुलाधरलाई लेखिएको पत्रमा अलमुताईरीले क्याम्पबाट बाहिरिएका खेलाडीलाई कारवाही नगर्न भनेका छन्। 

उनले क्याम्प छाडेका खेलाडीहरुले चित्त दुखाउने काम गरे पनि आफू नेपाली टिमको प्रगतिका लागि दत्तचित्त लागिरहेको पनि उल्लेख गरेका छन्। 

'अहिले असहज परिस्थिति बनेको छ। केही खेलाडीको व्यवहारका कारण मलाई दु:ख लागेको छ', उनले भनेका छन्, 'मेरो पहिलो प्राथमिकता नै नेपाली राष्ट्रिय फुटबल हो। मेरो सदैव चासो यही नै हो। नेपाली राष्ट्रिय फुटबल मेरो मनमा, हृदयमा छ। मलाई पूरा विश्वास छ, अहिलेको यो अवस्थाबाट निस्किएर नेपाली फुटबलले अझै प्रगति गर्नेछ।'
 

अलमुताईरीको कार्यशैलीमा आपत्ति जनाउँदै चन्दसहित १० खेलाडीले केही दिनअघि क्याम्प छाडेका छन्। एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणका क्रममा अल्मुताईरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले प्रशिक्षण छाडेर पत्रकार सम्मेलन गरेका छन्। 

उनीहरुले अल्मुताइरीसँग यही अवस्थामा खेल्न नसकिने अडान लिएका थिए। यस्तोमा अल्मुताईरीले सिनियर १० खेलाडीको विकल्पमा १७ जना नयाँ खेलाडीलाई अवसर दिएर क्याम्पमा बन्द प्रशिक्षण चलाइरहेका छन्। 

क्याम्प छाडेका खेलाडीहरुले भने अल्मुताइरीले आफूहरुमाथि अपमानपूर्ण व्यवहार गरेको, टिमबाट निस्किएर जान भनेको लगायत आरोप लगाएका थिए। 

सुरुमा रोहितलाई क्याम्प छाडेर जानु भनेपछि अन्य खेलाडीले पनि विद्रोह गरेका थिए। डाकिएकामध्ये विके कुथुले पनि विद्रोह गरेका खेलाडीलाई साथ दिँदै क्याम्पमा गएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .