ad ad

खेल


जिम्बाब्वे ‘ए’सामु नेपालले पेस गर्‍यो १८२ रनको चुनौती

जिम्बाब्वे ‘ए’सामु नेपालले पेस गर्‍यो १८२ रनको चुनौती

जिम्बाब्वेविरुद्ध ब्याटिङका क्रममा नेपाली खेलाडी। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
बैशाख १८, २०७९ आइतबार १४:३८, काठमाडौँ

जिम्बाब्वे ‘ए’लाई नेपालले जितका लागि  १८२ रनको लक्ष्य पेस गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भइरहेको टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनाएको हो। 

नेपालका लागि कुशल भुर्तेलले ३१ बल खेल्दै ४६ रनको योगदान गरे। त्यस्तै आसिफ शेखले १६ बलमा ९ रन, रोहितकुमार पौडेलले २६ बलमा ३६ रन, दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए।

आरिफ शेख ४ बलमा २ रन जोड्दा क्याचआउट हुनपुगे। ऐरीपछि ब्याटिङमा आएका महम्मद आदिल खान अर्धशतक बनाउन ३ रनबाट चुके। उनले २७ बल खेल्दै ४७ रन बनाए। त्यस्तै करण केसीले ४ बलमा ४ रन बटुले। 

नेपालले ९ अतिरिक्त रन उपहार पाएको थियो। 

जिम्बाब्वे एका लागि ब्राड इभान्स, ल्युक जोंग्वे, ब्रान्डोन माभुता र जोन मासाराले समान १÷१ विकेट लिए। मासाराले सर्वाधिक ४९ रन दिएका थिए। माभुताले २९, जोंग्वेले ४२, इभान्सले ३९ र विकेट लिन नसकेका न्याउचीले १९ रन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .