ad ad

खेल


खेलाडीसँगको विवादः अलमुताइरीले एन्फालाई लेखे पत्र

खेलाडीसँगको विवादः अलमुताइरीले एन्फालाई लेखे पत्र

नेपालखबर
बैशाख १८, २०७९ आइतबार १४:८, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन्। 

अलमुताइरीले एन्फा महासचिवलाई लेखेको पत्रमा खेलाडीहरुले खबर नगरी क्याम्प छाडेको उल्लेख गरेका छन्।

राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन दिएको बताएका थिए। 

उनले खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताएका थिए। प्रशिक्षक अलमुताइरीले खेलाडीहरुले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको समेत लेखेका छन्। 

महासचिव तुलाधरले भने, ‘प्रशिक्षकले खेलाडीले गल्ती गरेको र उनीहरुलाई कारबाही नगर्नु भन्ने आशयको पत्र लेख्नुभएको छ।’

अलमुताइरीले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न इच्छुक रहेको र टोली निर्माणमा आफ्नो अधिकार रहेकाले एसियन कप छनोटका लागि भने क्याम्प छाडेका खेलाडीलाई नराख्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .