ad ad

खेल


अर्जुन राई बने नेपालकै लामो मञ्जुश्री ट्रेल रेसको विजेता

अर्जुन राई बने नेपालकै लामो मञ्जुश्री ट्रेल रेसको विजेता

नेपालखबर
बैशाख १७, २०७९ शनिबार १३:४३, काठमाडौँ

सोलुखुम्बुका अर्जुन राई दोस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसको दोस्रो संस्करणको विजेता बनेका छन्। 

अर्जुनले १ सय माइलको दुरी ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै नयाँ च्याम्पियन बनेका हुन्। 

पार्ट टाइम ट्रेकिङ गर्दै आएका अर्जुन मञ्जु श्री ट्रेल रेसको नयाँ च्याम्पियन बनेका हुन्।

उनले गत संस्करणका विजेता जीवन लामाले बनाएको ३३ घण्टा १५ मिनेटको दुरीको रेकर्ड पनि तोडेका छन्। गत संस्करण जीवनले ३३ घण्टा १५ मिनेटमा दुरी पार गरेका थिए। 

फरेष्ट क्याम्प कालुपाण्डे हिल्सबाट सुरु भएको ट्रेल रेस रामकोट, इचंगु, सिगंल ट्रि, जमाचो, मुड्कु, गुर्जे हुँदै शिवपुरी नागार्जुन नेशनल पार्क, झुले, नगरकोट, नाला, साँगा, रानीकोट, लाकुरी, चापाखर्क, फुल्चोकी, नल्लु, लिलि, टिकाभैरव, बागमती, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, नागढुङ्गा रामकोट हुँदै पुनः फरेष्ट क्याम्प कालुपाण्डे हिल्समा आएर समापन भएको छ।  

ट्रेलमाण्डुको आयोजनामा मञ्जुश्री ट्रेल रेसमा नेपालसहित नेदरल्याण्ड, युके, डेनमार्क, क्यानडा, इण्डिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी र हङकङका धावक सहभागी छन्। 

मञ्जुश्री ट्रेल रेस नेपालकै पहिलो र लामो दुरीको रेस हो। १ सय माइलको दौडमा नेपाली र विदेशी गरि १८ जना धावक सहभागी भएका छन्।

रेसको अफिसियल मिडियाको रुपमा नेपालखबर डटकम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .