ad ad

खेल


आईपीएलः पञ्जाबमाथि लखनउको जित

आईपीएलः पञ्जाबमाथि लखनउको जित

नेपालखबर
बैशाख १७, २०७९ शनिबार ६:२९, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बानाएको थियो।

लखनउका लागि क्विन्टन डि ककले सर्वाधिक ४६ रनको पाली खेले। पञ्जाबका लागि कागिसो रबाडाले ४ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि मयांक अग्रवालले २५ तथा जोनी बेइस्ट्रोले ३२ रन बनाए पनि उनीहरुले टोलीलाई जितसम्म भने पुर्‍याउन सकेनन्। 

यससँगै लखनउले लिगमा ९ खेलबाट १२ अंक जोडेको छ। पञ्जाबले समान खेलबाट ८ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .