प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादलाई लिएर १० जना खेलाडीले विद्रोह गरेपछि १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
रोहित चन्दसहितका १० खेलाडीलाई क्याम्पबाट निकालेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका हुन्।
अलमुताईरीले आफूहरुमाथि तानाशाही व्यवहार देखाएको बताउँदै बुधबारदेखि १० खेलाडीले असन्तुष्टि जनाएर टिम छाडेका थिए। बोलाइएका १७ नयाँ खेलाडीले बन्द प्रशिक्षमा सहभागिता जनाइसकेका छन्।
बन्द प्रशिक्षणमा सहभागी नयाँ खेलाडीहरुमा विकेश कुथु, विशाल सुनार, जर्ज प्रिन्स कार्की, सुशील राई, निरकुमार राई, रुप बहादुर लामा, सेसेहाङ आङदेम्बे, शिव गुरुङ र राजन गुरुङ सहित छन्।
१७ नयाँ खेलाडी
अनिश चौधरी, विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, निरकुमार राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, अविशेक बराल, शिव गुरुङ, संजोक राई, रोशन राना, मनीष मगर, विकास तामाङ, आकाश बुढामगर र सुनिल श्रेष्ठ।
Shares
प्रतिक्रिया