बालुन डि’ओरको मनोनयनमा एमबाप्पे पनि परेका छन्। यसबीचमा आगामी महिना पेरिसमा प्रदान गरिने बालुन डि’ओर मेस्सीले नै जित्नु पर्ने एमबाप्पेले बताएका हुन्।
मेस्सीले यसवर्ष फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका छन्। बालुन डि’ओरमा मेस्सीको मुख्य प्रतिस्पर्धीको रुपमा लिभरपुलका भान डाइकलाई हेरिएको छ। भान डाइकले यसवर्ष यूइएफए वर्ष खेलाडीको अवार्ड पाएका थिए।
डेर स्पाइगल्सँग एमबाप्पेले भने,‘मेस्सी, व्यक्तिगत रुपमा गतवर्ष सबैभन्दा उत्कृष्ट रहे। उनले नै बालुन डि’ओर जित्नुपर्छ।’
मेस्सीले यसअघि पाँचपटक बालुन डि’ओर जितिसकेका छन्। उनी किर्तिमानी छैठौं अवार्ड जित्ने दाउमा छन्।
क्रिस्टियानो रोनाल्डोले पनि पाँचपटक यस उपाधि जितिसकेका छन्।

प्रतिक्रिया