कारोबार


१७ औं हस्तकला मेलामा विदेशीले पनि सहभागिता जनाउने

१७ औं हस्तकला मेलामा विदेशीले पनि सहभागिता जनाउने

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:३५,

काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गतेसम्म १७ औं हस्तकला ब्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ।

नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहति मेलाको आयोजना गर्न लागिएको जनाएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले उक्त जानकारी गराए।

मेलामा विदेशी व्यवसायीहरुको समेत सहभागिता रहने भएकाले नेपाली उद्यमीहरुले व्यवसायीक सम्बन्ध स्थापना गर्न सक्ने छन्। मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहने छ। मेलामा धातुकला, सुनचाँदी सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिने संयोजक शाक्यले जानकारी दिए।

मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय स्टल रहने छन्। त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको पनि करिब २० वटा स्टल रहने छन्। मेलामा हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने महासंघले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad