ad ad

खेल


क्याम्प छोडेका खेलाडी भन्छन्– प्रशिक्षक अलमुताइरीले अनावश्यक दबाब दिए

क्याम्प छोडेका खेलाडी भन्छन्– प्रशिक्षक अलमुताइरीले अनावश्यक दबाब दिए

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १७:२९, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याम्पबाट बाहिरिएका खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूहरुलाई अनावश्यक दबाब दिएको आरोप लगाएका छन्। 

आज एक पत्रकार सम्मेलन गर्दै खेलाडीहरुले टोलीका रक्षक रोहित चन्दले गरेको सामान्य प्रश्नमा प्रशिक्षक अलमुताइरीले क्याम्पबाट निकालेको बताएका हुन्। 

उनीहरुले भने, ‘रोहितले सामान्य गाँसबासबारे प्रश्न गर्दा गरेको व्यवहारप्रति असन्तुष्ट छौँ।’ 

व्यवस्थापनलाई लिएर गरेको प्रश्नमा क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण रहेको उनीहरुको भनाइ छ। 

यसबारे टोली व्यवस्थापन, एन्फा नेतृत्वलाई समेत जानकारी दिएको उनीहरुले बताएका छन्। 

प्रशिक्षक अलमुताइरीले सार्वजनिक रुपमा झूटो आरोप लगाएपछि पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ।  

उनीहरुले पत्रकार सम्मेलनमा भने, ‘नयाँ प्रशिक्षक आएपछि अनेक दबाब आएका छन् तर हामीले केही भनेका छैनौँ।’ 

पछिल्लो प्रकरणबारे नवनिर्वाचित खेलाडी संघलाई समन्वयन गर्न जानकारी गराएको
पनि उनीहरुले भनेका छन्। 

उनीहरुले भने, ‘राष्ट्रका लागि खेलनु दायित्व हो तर प्रशिक्षकबाट अनावश्यक दबाब भयो।’ 

रोहितले प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षक अलमुताइरीले आफूहरुलाई पनि बाहिर जान निर्देशन दिएको उनीहरुले बताएका छन्। 

एएफसी एसिया कप छनोटको बन्द प्रशिक्षणमा घरबाट आउने गरेको, उपत्यकाबाहिरका खेलाडीलाई होटलमा राख्ने भने पनि पछि मात्रै राखिएको लगायतका गुनासो उनीहरुले गरेका छन्। 

आइतबार सोमबारदेखि प्रशिक्षणबारे अलमुताइरीले जानकारी दिएको र रोहितले होस्टलमा बस्न नहुने बताएकोमा प्रशिक्षकले होस्टलमै बस्नुपर्ने बताएको उनीहरुको भनाइ छ। 

पछि मात्र व्यवस्थापक मधुसुदन उपाध्यायले होटलको व्यवस्था भएको बताएको उनीहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .