ad ad

खेल


मञ्जुश्री ट्रेल रेसको तयारी पूरा, आइपुगे सबै विदेशी धावक

मञ्जुश्री ट्रेल रेसको तयारी पूरा, आइपुगे सबै विदेशी धावक

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १४:५३, काठमाडौँ

शुक्रबार सुरु हुने मञ्जुश्री ट्रेल रेसको तयारी पूरा भएको छ। 

ट्रेलमाण्डुको आयोजनामा हुनलागेको ट्रेल रेसमा १ सय ६८ जनाले स्पर्धा गर्दै छन्। 

रेसमा सहभागी हुन सबै विदेशी धावक नेपाल आइपुगेको ट्रेलमाण्डुका आशिष मिश्रले जानकारी दिए। 

भोलि शुक्रबार सुरु हुने रेसमा १३० जना नेपाली र ३८ जना  विदेशीले स्पर्धा गर्दैछन्। 

मञ्जुश्री ट्रेल रेसमा नेपालसहित नेदरल्याण्ड, युके, डेनमार्क, क्यानडा, इण्डिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी र हङकङका धावक सहभागी हुँदै छन्। 

१ सय माइलमा २७ जना पुरुष र ९ जना महिला गरी ३६ जनाले भाग लिनेछन्। जसमा २५ जना नेपाली र १९ जना विदेशी धावक छन्। 

काठमाडौंको कालुपाण्डे मार्गबाट १ सय माइलको मञ्जुश्री ट्रेलको रुट सुरु हुन्छ। 

त्यहाँबाट धावकहरु रामकोट, इचङगु, सिगंल ट्रि, जमाचो, मुड्कु, गुर्जे हुँदै शिवपुरी नागार्जुन नेशनल पार्क, झुले, नगरकोट, नाला, साँगा, रानीकोट, लाकुरी, चापाखर्क, फुल्चोकी, नल्लु, लिलि, टिकाभैरव, बागमती, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, नागढुङ्गा हुँदै पुनः रामकोटमा पुगेर सकिनेछ।

५० माइलमा १८ जना पुरुष र २ जना महिला मध्ये नेपाली १८ जना र विदेशी २ जना छन्। 

५४ किलोमिटरमा ४८ जना पुरुष र १९ जना महिला गरी ६७ जना दौडनेछन्। जसमा ५० जना नेपाली र १७ जना विदेशी सहभागी हुने आयोजकले जनाएको छ। 

२४ किमि रेसमा २२ जना पुरुष र १० जना महिला गरी ३२ जनाले भाग लिएका छन्। यो स्पर्धामा २५ जना नेपाली र ७ जना विदेशी धावक छन्। 

एमटीआर एलिमिनेटरमा १२ जना पुरुष र १ महिला गरि १२ जना नेपाली र १ जना विदेशी धावक छन्। 

मञ्जुश्री ट्रेल रेसमा मिडिया पार्टनरको रुपमा नेपालखबर डट कम रहेको रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .