ad ad

खेल


प्रशिक्षकको व्यवहारमा किरणको असन्तुष्टि, भने : खेलाडीलाई क्याम्पबाट निकाल्नु गलत

प्रशिक्षकको व्यवहारमा किरणको असन्तुष्टि, भने : खेलाडीलाई क्याम्पबाट निकाल्नु गलत

फाइल फोटो


नेपालखबर
बैशाख १४, २०७९ बुधबार २२:४०, काठमाडौँ

राष्टिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीहरूमाथि मुख्य प्रशिक्षकले अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। 

किरणले सामाजिक सञ्जालमार्फत प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै जायज माग उठाउँदा क्याम्प नै छाड्न लाउनु गलत भएको बताएका हुन्। 

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ', किरणले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  'राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैँ खेलाडीको पक्षमा छु।'

किरण हाल व्यवसायिक फुटबलका लागि माल्दिभ्समा छन्। एएफसी एशियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय टोलीका ९ खेलाडीले मुख्य प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाडेका छन्। 

मुख्य प्रशिक्षक अलमुताइरीले टोलीका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छाड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीसँग छलफल गरेका थिए। 

तर प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छाड्न सक्ने बताएपछि खेलाडीले क्याम्प छाडेका हुन्। 

रोहितसँगै सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडीले क्याम्प छाडेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .