ad ad

खेल


कोषबाट ६ खेलाडीलाई आर्थिक सहयोग, कसलाई कति?

कोषबाट ६ खेलाडीलाई आर्थिक सहयोग, कसलाई कति?

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार १५:१३, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। 

मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले एक कार्यक्रमको आयोजना गरेर कोषले मंगलबार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो। 

आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन । 

कोषले घुँडाको चोटको उपचार गराईरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ,  साल््जर चोट बोकेका दिपकलाई ८७ हजार ९ सय १४ रुपैयाँ र घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ, घुँडाकै चोट बोकेकी सिमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका बिष्णुलाई १ लाख २५ हजार र एथ्लेटिक्सको गन सफा गर्ने क्रममा हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको हो ।

सबै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

हस्तान्तरणपछि बोल्दै सदस्य सचिव घिसिङले सबै खेलाडीको स्वास्थ लाभको कामना पनि व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका  पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .