ad ad

खेल


मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस जेठ दोस्रो साता

मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस जेठ दोस्रो साता

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १४:५०, काठमाडौँ

मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण जेठ दोस्रो साता हुने भएको छ। 

स्पिन इभेन्ट्स प्रा.लि. ले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रिय टेवल टेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा हुने प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म गर्ने जानकारी दिएको हो। 

अखिल नेपाल टेबल टेनिस संघको तत्वाधानमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता गर्न लागेको अध्यक्ष सुमन शाक्यले जानकारी दिए। प्रतियोगितामा जुनियर ब्वाईज सिंगल्स, जुनियर गल्र्स सिंगल्स, क्याडेट गल्र्स सिंगल्स, ब्वाईज सिंगल्स (१२ वर्ष मुनि), गल्र्स सिंगल्स (१२ वर्षमुनि), मेन्स भेट्रान सिगंल (४० वर्षमाथि), मेन्स भेट्रान सिगंल (५० वर्षमाथि, मेन्स भेट्रान सिगंल (६० वर्षमाथि) गरेर ९ विधामा स्पर्धा हुनेछ। 

प्रतियोगितामा तिन विभागीयसहित देशभरका विभिन्न जिल्ला र क्लबका गरL भेट्रान बाहेक ३ सय ५० जना जुनियर खेलाडी सहभागी हुने आयोजकले बताएको छ। 
प्रतियोगिताको जुनियर ब्वाइज–गल्र्स तथा क्याडेट ब्वाइज–गल्र्स स्पर्धाको विजेताले २० हजार दोस्रोले १० हजार र दुवै सेमिफाइनलिष्ट ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

ब्वाइज–गल्र्स सिंगल्स (१२ वर्ष मुनि) तथा भेट्रान्स(४०,५०,६० वर्षमाथि) का विजेताले १० हजार दोस्रोले ५ हजार र सेमिफाइनलिष्टले २५ सय रुपैयाँ पाउनेछन्। 

प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। खेल लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .