ad ad

खेल


४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने

४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने

वाशुदेव मिश्र
मंसिर ८, २०७६ आइतबार १४:३९,

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन्। मंसिर १५ गतेदेखि पोखरामा हुने विभिन्न ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएका हुन्।

पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना,  टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल सञ्चालनको लागि टेक्निकल टोली पोखरा आउने भएका हुन्।

पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने साग व्यवस्थापनले जनाएकाे छ।

सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली समेत पोखरा आउँदैछन्। पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ।

सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए। रंगशालाको मुख्य प्रवेशद्वारदेखि नै सजावटको काम अघि बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .