ad ad

खेल


यू-१९ महिला विश्वकप एसिया छनोटका लागि ४४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

यू-१९ महिला विश्वकप एसिया छनोटका लागि ४४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १७:२३, काठमाडौँ

मलेसियामा हुने यू-१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि ४४ सदस्य प्रारम्भिक ४४ टोलीको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपको लागि ४४ खेलाडीलाई बोलाएको हो। क्यानले धनगढीमा भएको यू–१९ राष्ट्रिय प्रतियोगितालाई आधार मान्दै टोली बोलाएको हो। 

प्रशिक्षण वैशाख १० गतेदेखि पोखरामा हुने क्यानले जनाएको छ। यू–१९ एशिया क्षेत्रको छनोटमा कति टोली सहभागी हुने भन्ने अहिलेसम्म एकिन भएको छैन।

शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी२० वुमन्स विश्वकप खेल्नेछन्। सन् २०२३ मा जनवरी फेब्रुअरीमा हुने प्रतियोगितामा कुल १६ टोली सहभागी हुनेछन्। प्रतियोगितामा ४१ खेल हुने आइसिसीले जनाएको छ। 

प्रारम्भिक टोली 
हेलिसा गुरुङ, किरण कुमारी कुँवर, तृसना विश्वकर्मा, अनु खडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, साना प्रविन, एसोदा विष्ट, एलिसा यादव, विमला मगर, एलिसा कुमारी खडाया, हिरनमयी रोय, स्नेहा महरा, मनिषा उपाध्य, विना थापा, अन्जली थापा, मनिषा चौधरी, विपिशा शाही, ज्योत्स्निका मरासिनी, कुसुम गोदर, यशु पाण्डे, ज्योति दनवार, मधु रावत, श्रिमी सिंहथारु, भवानी कमाती, सोनी पाख्रिन, प्रिया मलाह, सोनिया थापा, मनिषा राना मगर, दीक्षा पुरी, नितु घर्तीमगर, सुस्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजागाई, श्रृष्ठी जैसी, अञ्जली शाह, कृतिका मरासिनी, निसा शाह, आंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .