ad ad

खेल


आईपीएलः गुजरात र हैदरावादको जित, चेन्नईको पाँचौं हार

आईपीएलः गुजरात र हैदरावादको जित, चेन्नईको पाँचौं हार

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ७:५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले जित हात पारेका छन्। 

गुजरातले चेन्नई सुपर किंग्सलाई ३ विकेटले हराउँदा हैदरावादले पञ्जाब किंग्समाथि ७ विकेटको जित हात पार्‍यो। 

आइतबार भएको पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए। हैदरावादका एमरान मलिकले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले ३ विकेटको क्षतिमा ७ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।

त्यस्तै अर्को खेलमा सुरुवाती ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६९ रन बनाउँदै गुजरातलाई १७० रनको लक्ष्य दिएको थियो।

चेन्नईका रुटुराज गाइक्वाडले ७३ र अम्बाती रायडुले ४६ रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि डेभिड मिलरले अविजित ९४ रनको महत्वपूर्ण पाली खेल्दै जित दिलाए। 

चेन्नईको लागि जारी आईपीएलमा यो पाँचौं हार हो। ६ खेलबाट उसले केवल २ अंक जोडेको छ। चेन्नई तालिकाको नवौं स्थानमा छ।

लिगको शीर्षस्थानमा रहेको गुजरातले समान ६ खेलबाट १० अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .