इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र बोलोग्नाको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा टुंगिएको छ।
इन्ज्युरी समयको अन्त्यतिर डुसान भ्लाहोभिचले गरेको गोलले युभेन्ट्स हारबाट बचेको हो।
एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा बोलोग्नाका मार्को एर्नाउटोभिच ५२औं मिनेटमा गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर ८४औं मिनेटमा रातो कार्ड खाँदै एडामा सोउमाओरो तथा यसमा प्रतिवाद गरेपछि ग्यारी मेडेल पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि बोलोग्ना ९ खेलाडीमा सीमित हुन पुगेको थियो।
यसपछि इन्ज्युरी समयको पाँचौ मिनेटमा युभेन्ट्सका डुसान भ्लाहोभिचले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।
यो बराबरीसँगै चौथो स्थानमा रहेको युभेन्ट्सको ३३ खेलबाट ६३ अंक तथा बोलोग्ना ३२ खेलबाट ३८ अंक जोडेर १३औं स्थानमा छ।
यस्तै अन्य खेलामा सस्सुलोले क्याग्लिएरीलाई १–० र सालेरनिटानाले साम्पडोरियालाई १–२ गोल अन्तरले हराएका छन्। यसैगरी उडिनेसलाई इम्पोलीले ४–१, फियोरेन्टिनालाई भेनेजियाले १–० तथा लाजियोलाई टोरिनोले १–१ ले जितेका छन्।
Shares
प्रतिक्रिया