ad ad

खेल


‘प्रधान सेनापति ट्रफि-२०७८’ का विजेतालाई पुरस्कार वितरण

‘प्रधान सेनापति ट्रफि-२०७८’ का विजेतालाई पुरस्कार वितरण

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार १८:५३, काठमाडौँ

गत २०७८ चैत १६ गतेबाट सुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिताको शुक्रबार (वैशाख २ गते) समापन भएको छ।

जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति प्रभुराम शर्माले विजेता खेलाडीलाई पुरस्कार वितरण गरी समापन गरेका हुन्।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए। 

समापनको क्रममा प्रधान सेनापति शर्माले कमाण्डतर्फ प्रथम हुन सफल श्री मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी श्री बाबुराम श्रेष्ठ, बाहिनी अड्‍डातर्फ प्रथम हुन सफल श्री नं.२८ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी श्री हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम हुन सफल श्री जगदल गणका गणपति श्री सरोज कुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए।

सोही अवसरमा प्रधानसेनापति शर्माले ‘सीओएस ओपन म्याराथन रन फर फन २०७८’ प्रतियोगिताको ४२ किमि विधाका विजेता जमदार कृष्ण बस्नेत र १० किमितर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई ‘अतिरथी स्वर्गीय निर शम्सेर जबरा पुरस्कार’ प्रदान गरेका थिए। 

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङतर्फ अमल्दार पुनम रावल, सुटिङतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गरेका थिए। 

सोही क्रममा, बलाधिकृत रथी बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोबस्ती कार्य सिपाही सुमन अर्याललाई ‘महारथी श्री गौरव शम्शेर जबरा अजेयबलसम्पन्न ट्रफी’ हस्तान्तरण गरेका थिए।

सो अवसरमा रक्षा सचिव किरणराज शर्माले आज आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री भैरवनाथ गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए। 

त्यसैगरी उक्त खेलमा द्वितीय स्थान हासिल गर्न सफल फष्ट राइफल गणका खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले र तृतीय स्थान हासिल गर्न सफल पुरानो गोरख गणका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए।

साथै, यसअघि बास्केटबलमा प्रथम हुने श्री नं.१६ बाहिनी अड्‍डा, भलिबलमा प्रथम हुने श्री नं.१९ बाहिनी अड्‍डा, सुटीङमा प्रथम हुने श्री नं.२८ बाहिनी अड्‍डा र एथलेटिक्सतर्फ प्रथम हुने श्री नं.१६ बाहिनी अड्डाहरुले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .