ad ad

खेल


एसियन कपमा छनोट हुन हाम्रो स्तर पुग्दैनः प्रशिक्षक अलमुताइरी

एसियन कपमा छनोट हुन हाम्रो स्तर पुग्दैनः प्रशिक्षक अलमुताइरी

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ११:४२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एएफसी एसियन कपमा छनोट हुन गाह्रो रहेको बताएका छन्।

दशरथ रंगशालामा सञ्चारकर्मीहरुसँग बोल्दै उनले नेपालको स्तर अहिले एसियन कपमा छनोट हुने नरहेको बताएका हुन्।  

अलमुताइरीले नेपालले छनोटको लागि आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गर्ने  पनि उल्लेख गरे।

उनले भने, ‘हामीले धेरै गर्न बाँकी छ। त्यसैले अहिले नै धेरै ठूलो सपना देख्न हुँदैन।’ 

‘हामीसँग व्यावसायिक खेलाडी पनि छैनन्। हामीसँगै उमेर समूहको टोली मात्र छ’, उनले थपे। 

एसिया कप छनोटको खेलहरु आगामी जुन ८ देखि १४ सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .