ad ad

खेल


आईपीएलः राजस्थानमाथि गुजरातको जित

आईपीएलः राजस्थानमाथि गुजरातको जित

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ६:४५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ३७ रनको जित हात पारेको छ।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो। गुजरातका लागि हार्दिक पाण्ड्याले अविजित ८७ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो।

गुजरातका लुकी फर्गुसनले र यास दयालले ३–३ विकेट लिए। 

यससँगै गुजरात ५ खेलबाट ८ अंक जोड्दै लिगको शीर्षस्थानमा उक्लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .