अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
एन्फाको फेसबुक पेज यसअघि पनि ह्याक गर्ने प्रयास गरिएको एन्फाले जनाएको छ।
ह्याक भएको फेसबुक पेज रिकभर गर्ने प्रयास गरिए पनि सफल नभएपछि एन्फाले नयाँ पेज खोलेको छ।
पुरानो पेज अप्रिल ७ देखि अपडेट छैन।
ह्याक भएको एन्फाको फेसबुक पेजमा एक लाख ९० हजार १६१ लाइक रहेको थियो।
39
Shares
प्रतिक्रिया