ad ad

खेल


टी-२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

टी-२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

नेपालखबर
चैत ३०, २०७८ बुधबार १६:४५, काठमाडौँ

त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन्।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन्। 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।  

निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। 

युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .