ad ad

खेल


चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालखबर
चैत ३०, २०७८ बुधबार ६:३३, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको छ।

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा​ चेल्सीसँग ३–२ गोल अन्तरले पराजित भए पनि समग्रमा ५–४ गोल अन्तरको जित हात पार्दै  रियलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

यसअघि पहिलो लेगको खेलमा रियल मड्रिडले चेल्सीमाथि ३–१ गोल अन्तरको जित हात पारेको थियो। 

मंगलबार रियलको घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो।

दोस्रो हाफको ५१ औं र ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको थियो।

तर, खेलको ८० औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलको इन्ज्युरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .