ad ad

खेल


प्रिमियर लिगः बराबरीमा रोकिए सिटी र लिभरपुल

प्रिमियर लिगः बराबरीमा रोकिए सिटी र लिभरपुल

नेपालखबर
चैत २८, २०७८ सोमबार ६:२९, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल २–२ को बराबरीमा सकिएको छ।

लिगको शीर्ष स्थानमा रहेका यी दुई टोली बराबरीमा रोकिएका हुन्। 

आइतबारको खेलको पाँचौं मिनेटमा नै म्यानचेस्टर सिटीका लागि केभिन डे ब्रुयनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

यद्यपि खेलको १३ औं मिनेटमा लिभरपुलका डिओगो जोटाले बराबरी गोल फर्काएका थिए। 

खेलको ३६ औं मिनेटमा ग्राबियल जेससको गोलमा सिटीले दोस्रोपटक अग्रता लियो।

यद्यपि खेलको ४६ औं मिनेटमा लिभरपुलका लागि साडियो मानेले पुनः बराबरी गोल फर्काए। 

यससँगै शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले लिभरपुलमाथिको १ अंकको दुरी कायम राखेको छ।

सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ। लिभरपुलले समान खेलबाट ७३ अंक हात पारेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .