ad ad

खेल


आईपीएलः लखनऊसँग हार्‍यो दिल्ली

आईपीएलः लखनऊसँग हार्‍यो दिल्ली

नेपालखबर
चैत २५, २०७८ शुक्रबार ७:१२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सले तेस्रो जित हात पारेको छ।

लखनऊले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित हात पारेको हो। 

बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

दिल्लीका पृथ्वी शाहले ६१ रन बनाएका थिए। त्यस्तै रिषभ पन्तले अविजित ३९ रन र सरफराज खानले ३६ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको लखनऊले २ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य हात पार्‍यो।

लखनऊका लागि क्विन्टन डि ककको सर्वाधिक ८० रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .