इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्समाथि ४ विकेटको जित हात पारेको छ।
मंगलबार पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनाएको थियो।
राजस्थानका लागि जोस बटलरले अविजित ७० रन बनाए भने सिमरोन हेटमियरले अविजित ४२ रनको पाली खेले।
जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
बेंग्लोरका लागि शबाज अहमदले ४५ र दिनेश कार्तिकले अविजित ४४ रन बनाए।
राजस्थानको लागि तेस्रो खेलमा यो पहिलो हार हो। बेंग्लोरको लागि भने तेस्रो खेलमा यो दोस्रो जित हो।
24
Shares
प्रतिक्रिया