ad ad

खेल


पाहुना टोलीसँग पहिलो हाफमा मछिन्द्र २–० गोलले पछि

पाहुना टोलीसँग पहिलो हाफमा मछिन्द्र २–० गोलले पछि

नेपालखबर
चैत २२, २०७८ मंगलबार १८:९, काठमाडौँ

एएफसी कप छनोटको प्रारम्भिक चरणको छनोट खेलको पहिलो हाफमा घरेलु टोली मछिन्द्र फुटबल क्लब पाहुना टोलीसँग २–० ले पछि परेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा मछिन्द्रविरुद्ध श्रीलंकाको ब्लु स्टार एससीले अग्रता बनाएको हो। 

ब्लुस्टारका लागि मोहमेद इसान र सेनाल सन्देशले समान १ गोल गरे। खेलको नवौँ मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको बीचबाट लगेको बललाई नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार बाहिरिँदा मछिन्द्र अग्रता बनाउनबाट चुक्यो। 

१५औं मिनेटमा ब्लु स्टार एससीले पाएको पेनाल्टीको अवसर गोलरक्षक विशाल श्रेष्ठले बचाए। देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्रीले श्रीलंकालाई पेनाल्टी दिएका थिए। एरेपाडे ओमबेबेको पेनाल्टी प्रहार विशालले बचाए रिवाउन्डमा आएको बलले भने पोष्टको दिशा लिन सकेन। 

२४औं मिनेटमा फजलको चलाखीपुर्ण फ्रिकिकमा मोहमेद इसानको गोलमा ब्लु स्टारलाई अग्रता दिलाए। २८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .