ad ad

खेल


चर्च ब्वाइज ए डिभिजनमा उक्लियो

चर्च ब्वाइज ए डिभिजनमा उक्लियो

नेपालखबर
चैत २२, २०७८ मंगलबार १२:४४, काठमाडौँ

चर्च ब्वाइज युनाइटेड क्लब एक खेल अगावै लिग विजेता बन्दै ए डिभिजन लिगमा बढुवा भएको छ। 

बी डिभिजन खेलेको पहिलो सिजनमा नै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष डिभिजनमा पुग्न सफल भएको हो।  

२०६६ सालमा स्थापित चर्च ब्वाइज स्थापना भएको १३ वर्षमा नै शीर्ष डिभिजनमा उक्लिएको हो। चर्च ब्वाइजले २०७६ र २०७७ मा ‘सी’ डिभिजन छनोट खेलेको थियो। 

मंगलबार भएको १२ औँ चरणको खेलमा बाँसबारी क्लबलाई ५–१ को फराकिलो अन्तरले हराउँदै चर्च ब्वाइज बी डिभिजन लिग च्याम्पियन बन्दै बढुवा भएको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे।

आशिष चौधरीले एक गोल थपे। बाँसबारीमा सन्जोक धिमालले एक गोल फर्काए।

चर्च ब्वाइजले लिगका १२ खेलमा ८ जित र दुई खेलमा बराबरी र २ खेलमा हार व्यहोरेको थियो। बी डिभिजनबाट दुई टोली ए डिभिजनमा उक्लिँदा पुछारका दुई टोली भने सी डिभिजनमा घटुवा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .