ad ad

खेल


एएफसी कप छनोटमा आज श्रीलंकाको ब्लुस्टारसँग खेल्दै मछिन्द्र

एएफसी कप छनोटमा आज श्रीलंकाको ब्लुस्टारसँग खेल्दै मछिन्द्र

नेपालखबर
चैत २२, २०७८ मंगलबार १२:२२, काठमाडौँ

एएफसी कप छनोटको प्रारम्भिक चरणमा मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकाको ब्लुस्टार फुटबल क्लबसँग खेल्दै छ।

मछिन्द्रले ए डिभिजन लिग च्याम्पियनको हैसियतमा पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। 

खेल काठमाडौको दशरथ रंगशालामा साँझ ५ बजेपछि सुरु हुनेछ। 

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा खेल्नेछ। यसअघि मछिन्द्र लिग च्याम्पियन भएपनि क्लब लाईसेन्स नलिएका कारण प्रतियोगिता खेल्न पाएको थिएन। मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी फुटबल क्लबले खेलेको थियो। 

एएफसी कपको प्रारम्भिक चरणको छनोटका लागि मछिन्द्रले कात्तिकदेखि नै प्रशिक्षण गरिरहेको टोलीको मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए।  उनले भने, ‘हामी लिग च्याम्पियन र एएफसी कप खेल्ने योजनाअनुसार नै तयारीमा रहेको र प्रशिक्षण गरिरहेका छौँ।’ 

ब्लु स्टार श्रीलंका सुपर लिगको राम्रो टोली र सेट टिम रहेकाले क्लबबारे आफूहरुले कमजोर नसोचेको प्रशिक्षक कटुवालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .