ad ad

खेल


करण केसी शृंखलाकै सर्वोत्कृष्ट बलर

करण केसी शृंखलाकै सर्वोत्कृष्ट बलर

नेपालखबर
चैत २१, २०७८ सोमबार १६:४०, काठमाडौँ

टी२० आई शृंखलामा कीर्तिमानी प्रदर्शन गरेका करण केसी शृंखलाकै उत्कृष्ट बलर घोषित भएका छन्। 

करणले पीएनजीविरुद्धको खेलमा ह्याट्रिकसहित ५ विकेट लिँदै कीर्तिमान कायम गरेका थिए। यसअघि नेपालबाट टी२० आईमा कुनै पनि खेलाडीले ह्याट्रिक विकेट र एकै खेलमा ५ विकेट झार्न सकेका थिएनन्। 

करणले सिरिजको ५ खेलमा १ सय ३८ रन खर्चेर १२ विकेट लिए। 

कप्तान सन्दीप लामिछानेले ११ विकेट झारेका थिए। सन्दीपले ११ विकेट लिन १ सय ३० रन खर्चे। 

नेपाली टोलीले टी२० आई क्रिकेटको ५०औँ खेल खेलेको दिन करणले पनि ५० विकेटको आँकडा पूरा गरेका थिए। पपुवा न्युगिनीविरुद्धको खेलमा करणले ५० विकेट झारेका थिए। 

नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीका दुवै ओपनरलाई सुरुवातमा नै १ रनमा पवेलिएनको बाटो देखाउँदै करण नेपालबाट टी२० आईमा ५० विकेट झार्ने दोस्रो खेलाडी बनेका थिए। 

त्यसअघि सन्दीप लामिछानेले यो कीर्तिमान आफ्नो नाममा बनाइसकेका छन्। 

सिरिजको उत्कृष्ट ब्याटर पीएनजीका टोनी उरा बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .