अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी२० आई त्रिकोणात्मक शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५ सय अमेरिकी डलर पाएका छन्।
घरेलु मैदानमा भएको मलेसिया र पीएनजी सम्मिलित खेलमा नेपालले अपराजित रहेर सिरिजको उपाधि जितेको थियो।
कीर्तिमानी प्रदर्शन गरेका दीपेन्द्रले सिरिजमा नै १ हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
ऐरीले टी २० आईको ३९ खेलमा १ हजार ३३ रन पूरा गरे। ऐरीले पीएनजीविरुद्धको फाइनल खेलमा १ हजार रनको कोशेढुंगा पारेका थिए। ऐरीले टी२० आईमा पाँच अर्धशतक हानेका छन्।
ऐरीले मलेसियाविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै पहिलो शतक समेत प्रहार गरेका थिए। नेपालको जितमा १ सय १० रनको अविजित पारी खेलेका थिए।
सिरिजका ५ खेलमा ऐरीले २ सय ५५ रन बनाएका थिए। अलराउण्डर प्रदर्शन गरेका ऐरिले ७ विकेट झारे। ऐरीले ५ खेलमा ९९ रन खर्चिँदै ७ विकेट लिए।
Shares
प्रतिक्रिया