ad ad

खेल


नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

पीएनजीविरुद्ध ब्याटिङमा नेपाली क्रिकेटर तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत २१, २०७८ सोमबार १४:४, काठमाडौँ

त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल खेलमा पपुवा न्युगिनीलाई जितका लागि नेपालले १६९ रनको चुनौती पेस गरेको छ। 

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले शृंखलाको उपाधिका लागि पपुवा न्युगिनीसामु १ सय ६९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। ओपनर कुशल २५  आशिफ २९ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। 

११औँ ओभरमा लगातार ३ विकेट गुमेपी दबाबमा आएको थियो। टोलीका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै इनिङस उकासेका थिए। 

आदिलले १५ रन थपे। आदिलले १३ बलमा १ चौका र १ छक्का हाने। सातौँ विकेटका लागि ऐरि र करण केसीले ५४ रनको रनको साझेदारी गरे। 

ऐरी ५४ र केसी ३३ रनमा नटआउट रहे। ऐरीले टि २० आई क्रिकेटमा पाँचौँ अर्धशतक पूरा गरे। ऐरीले ३८ बलमा ५ चौका हाने। ऐरीले १२ बलमा १ छक्का हाने। 

रोहित पौडेल २ तथा आरिफ शेख र दिलिप नाथ शून्य रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .