ad ad

खेल


एएफसी कप छनोटः श्रीलंकाको ब्लुस्टारसँग भिड्दै मछिन्द्र

एएफसी कप छनोटः श्रीलंकाको ब्लुस्टारसँग भिड्दै मछिन्द्र

नेपालखबर
चैत २१, २०७८ सोमबार १२:३९, काठमाडौँ

एएफसी कप छनोटका लागि लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकाको ब्लुस्टारसँग खेल्दै छ। 

खेल काठमाडौको दशरथ रंगशालामा साँझ ५ बजेपछि सुरु हुनेछ। 

लिगको सातौँ चरणसम्म शीर्ष स्थानमा रहेर मछिन्द्रले एएफसी कप छनोट खेल्न लागेको हो। 

एएफसी कपको प्रारम्भिक चरणको छनोटका लागि मछिन्द्रले कात्तिकदेखि नै प्रशिक्षण गरिरहेको टोलीको मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए।  

उनले भने, ‘हामी लिग च्याम्पियन र एएफसी कप खेल्ने योजनाअनुसार नै तयारीमा रहेको र प्रशिक्षण गरिरहेका छौँ।’ 

मछिन्द्रले लिगमा रहेका २४ खेलाडीहरु सबै फिट रहेको र कुनै परिवर्तन नगरेको बताएको छ। लिगमा फर्ममा रहेको सुनिल बलले कमब्याक गरिसकेको प्रशिक्षक कटुवालले बताए। 

ब्लु स्टार श्रीलंका सुपर लिगको राम्रो टोली र सेट टिम रहेकाले क्लबबारे आफूहरुले जानकारी लिइरहेको प्रशिक्षक कटुवालले सुनाए। 

प्रारम्भिक चरणमा जुन टोली रहे पनि खेल प्रतिस्पर्धात्मक हुने कटुवालले बताए। आफूहरुको लक्ष्य समूह चरणसम्मको यात्रा तय गर्ने रहेकाले खेलको दबाबलाई थेगेर जित्ने नै आफूहरुको मुख्य लक्ष्य रहेको र त्यसमा सफल हुनेमा आफूहरु आशावादी भएको कटुवालले बताए। 

कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेपछि मोफसलको दुई प्रतियोगिता खेलेको मछिन्द्रले ती खेललाई पनि एएफसी कप छनोटको तयारीको रुपमा नै लिएको थियो।

 

मछिन्द्रले लिगपछि खप्तड गोल्डकप र सर्लाहीको राजर्ष गोल्डकप खेलेको थियो। एएफसी छनोटमा राम्रो नतिजाका लागि आफुहरुले एन्फासँगको समझदारीमा आफ्ना खेलाडीहरु क्लवमा नै राखेको प्रशिक्षक कटुवालले बताए। 

टोलीका कप्तान सुजल श्रेष्ठले पनि आफुहरु सुरुदेखि नै एएफसी कपको छनोटमा पुग्ने लक्ष्यमा रहेकाले त्यो रणनितिमा सफल भएको सुनाए। 

उनले भने, ‘अहिले लिग सकिसकेपछि पनि टिम एकसाथ रहेको छ, प्रशिक्षण पनि राम्रो भएकाले टोलीको अबको लक्ष्य दोस्रो चरणसम्म मात्र नभई त्योभन्दा अगाडि जाने रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .