ad ad

खेल


पीएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

पीएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

नेपालखबर
चैत २१, २०७८ सोमबार १२:१०, काठमाडौँ

टी२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो। 

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। कमल ऐरीको स्थानमा सोमपाल कामी खेल्नेछन्। सोमपाललाई मलेसियाविरुद्धको खेलमा आराम दिँदै उनको स्थानमा कमल ऐरीलाई मौका दिएको थियो। सिरिजमा पहिलो पटक मौका पाएका कमल घाइते भएका थिए। 

नेपाल सिरिजमा अपराजित रहेर फाइनल पुगेको हो। उता पीएनजी भने नेपालले मलेसियालाई पराजित गरेपछि भाग्यमानी टोली बन्दै फाइनल पुगेको हो।

मलेसिया र पीएनजीको समान २ अंक भएपछि नेट रनरेटमा अघि रहँदै फाइनल पुगेको हो। नेपालले आज पीएनजीलाई पराजित गरे सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जित्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .