पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो परिवारको तस्बिर सार्वजनिक गरेका छन्।
आफ्ना प्रेमिका जर्जियाना राड्रिग्वेज र छोराछोरीसहितको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका हुन्।
तस्बिरसहित उनले लेखका छन्, ‘परिवार नै सबथोक हो।’
रोनाल्डोका जेठा छोरा रोनाल्डो जुनियर, जुम्ल्याहा छोरीछोरी इभा र माटेओ तथा छोरी एलाना मार्टिनासहितको तस्बिर रोनाल्डोले फेसबुकमा राखेका हुन्।
रोनाल्डो हालै कठिन दुई प्ले अफ खेलमा विजय प्राप्त गर्दै फिफा विश्वकपमा छनोट भएका छन्।
384
Shares
प्रतिक्रिया