ad ad

खेल


आफ्नै मैदानमा चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर बराबर

आफ्नै मैदानमा चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर बराबर

नेपालखबर
चैत २०, २०७८ आइतबार ८:१७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीको लज्जास्पद हार भएको छ। शनिबार राति घरेलु मैदानमा भएको प्रतिस्पर्धामा चेल्सी ब्रेन्टफर्डसँग ४–१ गोल अन्तरले हारेको हो। 

स्टाफफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीविरुद्ध ब्रेन्टफर्डका भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले एक एक गोल गरेका हुन्। चेल्सीका तर्फबाट एन्टोनियो रुडिगरले एक गोल गरे। सबै गोल दोस्रो हाफमा भएको थियो।

जितसँगै ब्रेन्टफर्ड ३१ खेलबाट ३३ अंक जोडेर १४औं स्थानमा छ भने पराजित चेल्सी २९ खेलबाट ५९ अंकका साथ तेस्रो स्थानमा छ। 

लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन्। लेस्टरका लागि केलिची इहानेचोले र म्यानचेस्टरका फ्रेडले गोल गरेका हुन्। 

बराबरीसँगै म्यानचेस्टर युनाइटेड ३० खेलबाट ५१ अंक जोडेर छैटौं स्थानमा तथा लेस्टर सिटी ३७ अंक पाएर नवौं स्थानमा छन्।

यस्तै अन्य प्रतिस्पर्धामा लिभरपुलविरुद्ध वाट्फोर्ड २–०, ब्राइटनविरुद्ध नर्विच ०–०, बर्नलेविरुद्ध म्यानचेस्टर सिटी ०–२, लिड्सविरुद्ध साउथह्याम्टन १–१ र वल्भ्सविरुद्ध एस्टन भिल्ला २–१ गोल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .