ad ad

खेल


सचिनलाई पछि पारे टोम लाथमले, जन्मदिनमा सर्वाधिक रनको स्कोर

सचिनलाई पछि पारे टोम लाथमले, जन्मदिनमा सर्वाधिक रनको स्कोर

नेपालखबर
चैत १९, २०७८ शनिबार २०:५१, काठमाडौँ

न्युजिल्याण्डका ब्याट्सम्या टोम लाथमले शनिवार परेको आफ्नो जन्मदिनका दिन वान डे क्रिकेटमा सबैभन्दा धेरै रन बनाएर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्। 

उनले नेदरल्यानण्ड्सविरुद्ध १२३ बलमा १४० रनको पारी खेले। शनिवार नै उनको जन्म दिन पनि हो।

यसअघि २४ अप्रिलमा परेको आफ्नो जन्मदिनमै सचिन तेन्दुलकरले वान डे क्रिकेटमा सबैभन्दा धेरै रनको कीर्तिमान बनाएका थिए। 

तेन्दुलकरले सन् १९९८ अप्रिल २४ मा अस्ट्रेलियाविरुद्ध कोका-कोला कपको फाइनलमा १३१ बलमा १३४ रनको पारी खेलेका थिए। 

लाथमभन्दा पहिले न्युजिल्याण्डका अर्का खेलाडी रोस टेलरले आफ्नो जन्मदिनमै ठूलो पारी खेलेका थिए। सन् २०११ मा उनले वान डे मा १३१ रनको पारी खेलेका थिए। 

समाचार एजेन्सी एएनआईका अनुसार श्रीलंकन ब्याट्सम्यान सनथ जयसूर्याले सन् २००८ मा आफ्नो जन्मदिनमै एक वान डे खेलमा १३० रन बनाएका थिए। अर्कातिर भारतीय ब्याटर विनोद काम्बलीले सन् १९९३ मा आफ्नो जन्मदिनमै १०० रन बनाएका थिए। 

शनिवार नेदरल्याण्ड्सविरुद्ध १२३ बलको शानदार पारीमा लाथमले १० चौका र पाँच छक्का लगाए। सातौँ विकेटका लागि उनले ब्रेसवेलसँग मिलेर ९० रनको साझेदारी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .