युवा ब्याटर दीपेन्द्रसिहं ऐरीको कीर्तिमानी प्रर्दशनमा पाहुना टोली मलेसियामाथि नेपालले ८५ रनको सानदार जित हात पारेको छ।
शनिबार त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा नेपालले मलेसियालाई पराजित गरेसँगै टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र पीएनजी भिड्ने भएका छन्।
सिरिजमा मलेसिया र पीएनजीले समान २ अंक भएपछि नेट रनरेटमा मलेसियालाई पछि पार्दै पीएनजी फाइनलमा पुग्यो। उपाधिका लागि नेपाल र पीएनजी सोमबार खेल्नेछन्।
नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल अगावै १ सय ३८ रनमा अलआउट भयो।
मलेसियालाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १९ रन खर्चे। यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरिले समान २-२ विकेट लिए। कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट हात पारे।
मलेसियाका लागि ओपनर वीरनदीप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए। कप्तान अहमल फैजले ३३ र सायद अजिजले १७ रन थपे। अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो।
कीर्तिमानी ब्याटिङ गरेका नेपालका दीपेन्द्रसिंह ऐरिले ११० रनको शतकिय अविजित पारी खेले। उनले १ सय १० रनमा नटआउट रहे।
दीपेन्द्रले ५५ बलमा शतक पूरा गरे। उनी यस फर्म्याटमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने।
तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९६ रनको साझेदारी भयो। रोहित ५१ रन बनाउँदै पवेलियन फर्के। ३४ बलमा उनले ५ चौका हिर्काए।
१३ औँ ओभरको चौथो बलमा लामो सट खेल्ने धुनमा रहँदा उनी मोहम्मद अमिरको बलमा मुहम्मद स्यादातबाट क्याच आउट भए।
पाँचौ विकेटका लागि ऐरि र आदिल अन्सारीले ५९ रनको साझेदारी गरे। आदिल १४ रनमा रन आउट भए।
ओपनर आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए। ९ बलमा ३ चौका हान्दै शेख पवन दिपको बलमा सर्विन मुनियन्डीबाट क्याच आउट भए। ८ बलमा २ चौका हानेका भुर्तेल भने मुहम्मद वाफिकको बलमा एलबीडब्लु धरापमा परे। आरिफ शेख २ रनमा पवेलियन फर्के।
Shares
प्रतिक्रिया