युवा ब्याटर दीपेन्द्रसिंह सिंहले ऐरीले टी-२० आई क्रिकेटमा किर्तिमान कायम गरेका छन।
घरेलु मैदानमा भएको टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार भएको मलेसियासँगको खेलमा १ सय १० रनको अविजित पारी खेल्दै ऐरी टी-२० मा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी बने।
ऐरीले ५५ बलमा शतक प्रहार गरेका हुन्। यसअघि नेपालकोतर्फबाट पुर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए।
दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का मद्धतमा १ सय १० रनमो अविजित पारी खेले।
योसँगै दीपेन्द्र टी-२० आई क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने। ऐरील] पुर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा बनाएको १ सय ७ रनको किर्तिमान तोडे।
मलेसियासँगको खेलसँगै ऐरी टी-२० आईमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने। उनले पुर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्।
टी-२० मा ऐरीले ९ सय ७९ रन बनाएका छन्। पुर्वकप्तान खड्काले ७ सय ९९ र मल्लले ७ सय ४८ रन बनाएका छन्। ५ सय ४८ रन बनाएका कुशल भुर्तेल चौथो स्थानमा छन्।
खेलमा दीपेन्द्रले टी-२० आईमा पाँचौ अर्धशतक पुरा गरेका थिए। मलेसियाविरुद्धको खेलमा दिपेन्द्रले ३६ बलमा ७ चौका मद्धतमा अर्धशतक पुरा गरेका थिए। सिरिजमा दिपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि पीएनजीविरुद्ध ऐरिले ६६ रन बनाएका थिए।
यसअघि रोहित पौडेलले टी-२० आईमा पहिलो अर्धशतक हानेका थिए। ३२ बलमा अर्धशतक पुरा गरेका रोहितले ३३ औँ बलमा पवेलियन फर्केका थिए।
Shares
प्रतिक्रिया