ad ad

खेल


दीपेन्द्रको शानदार शतकमा मलेसियालाई नेपालले दियो विशाल लक्ष्य

दीपेन्द्रको शानदार शतकमा मलेसियालाई नेपालले दियो विशाल लक्ष्य

नेपालखबर
चैत १९, २०७८ शनिबार १४:५, काठमाडौँ

युवा ब्याटर दिपेन्द्र सिंह ऐरिको शतक मद्धतमा घरेलु टोलीले टि २० आई त्रिकोणात्मक सिरिजमा मलेसियासामु २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३  रनको योगफल तयार पारेको हो। 

विष्फोटक ब्याटिङ गरेका नेपालका दिपेन्द्र सिंह ऐरीले ११० रनको शतकीय पारी खेलेपछि नेपालले मलेसियासामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।  

दिपेन्द्र सिह ऐरी ११० रनमा नटआउट रहे। दिपेन्द्रले ५५ बलमा शतक पूरा गरेका हुन्। दिपेन्द्र सिंह ऐरी टी२० आई मा शतक पूरा गर्ने चौथो खेलाडी हुन्। 

एक खेल अगावै फाइनल पुगिसकेको नेपाल अपराजित लयलाई निरन्तरता दिने योजनामा छ।

मलेसिया आजको खेलमा पराजित भए उपाधि होडबाट बाहिरिने छ भने पीएनजी नेट रन रेटको आधारमा फाइनलमा पुग्नेछ। मलेसियाले जित निकालेको अवस्थामा भने नेपाल र मलेसिया नै उपाधिका लागि सोमबार खेल्नेछन्। 

तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ९६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। रोहित पौडेल ५१ रन बनाउँदै पवेलियन फर्के। ३४ बलको सामना गरेका पौडेलले ५ चौका हान्दै ५१ रनको योगदान दिएका थिए। १३ औँ ओभरको चौथो बलमा लामो सट खेल्ने धुनमा रहँदा उनी मोहम्मद अमिरको बलमा मुहम्मद स्यादातबाट क्याच आउट हुन पुगे। 

पाँचौ विकेटका लागि ऐरी र आदिल अन्सारीले ५९ रनको साझेदारी गरे। 

ओपनर आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट भए। ९ बलमा ३ चौका हान्दै शेख पवन दिपको बलमा सर्विन मुनियन्डीबाट क्याच आउट भए।

८ बलमा २ चोका हानेका भुर्तेल भने मुहम्मद वाफिकको बलमा एलबीडब्लु धरापमा परे। आरिफ शेख २ रनमा पवेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .