त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मलेसियाले पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपाली टोलीमा आज एक परिवर्तन गर्दै सोमपाल कामीको स्थानमा कमलसिंह ऐरीलाई राखिएको छ।
फाइनलमा पुग्न आज मलेसियालाई जित्नैपर्ने दबाब छ।
नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल सोमबार हुनेछ।
51
Shares
प्रतिक्रिया