ad ad

खेल


कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको सहप्रायोजकमा लि निङ र सान सोजु

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको सहप्रायोजकमा लि निङ र सान सोजु

नेपालखबर
चैत १८, २०७८ शुक्रबार १५:५८, काठमाडौँ

प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताले सहप्रायोजकका रुपमा स्पोर्टस् र फ्यासनका लागि ख्याति प्राप्त लि निङ र कोरियन ‘फास्ट फुड कम्पनी सान सोजु’को साथ पाएको छ।

नेपाल महासंघ र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृती र सहयोगमा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चैत अन्तिम साता हुने प्रतियोगिताका लागि सहप्रायोजकका रुपमा यी दुई कम्पनी जोडिएका हुन्। 

काठमाडौमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौतापत्रमा प्रतियोगिता संयोजक रवि महर्जन र लि निङका कार्यकारी निर्देशक राजेन महर्जन र सान सोजुका प्रवन्धक शिरीष अर्यालले हस्ताक्षर गरे।  

प्रतियोगिताका लागि लि निङले नगद ३ लाख ४५ हजार र खेल सामग्रीसहित ५ लाख बराबरको सहयोग गर्ने कार्यकारी निर्देशक राजेन महर्जनले बताए। यस्तै सान सोजुले नगद ३ लाख दिनेछ। 

प्रतियोगितालाई सम्झना ल्याब्रोटरीले मुख्य प्रायाजन गर्नेछ। चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगिता ललितपुरको सातदोबाटोमा हुनेछ। 

प्रतियोगितालाई २०२२ सेप्टेम्बरमा हुने १९औं एशियाली खेलको प्रारम्भिक तयारी समेत रहने गरि संचालन गर्न नेपाल कराते महासंघबाट र राष्ट्रिय खेलकुद परिषद्ले पनि स्वीकृती दिइसकेको छ। 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टोलीको सहभागिता रहनेछ। 

प्रतियोगितामा आउने जाने खेलाडीको यातायात र बस्ने व्यवस्था आयोजकले नै गर्ने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिताको टिम च्याम्पियनलाई १ लाख र दोस्रो टिमलाई ५० हजारसहित ट्रफी मेडल तथा प्रमाणपत्र दिईनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .