एएफसी एशियन कप २०२३ को छनोटका लागि २४ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नवयुग श्रेष्ठ र विकास खवासलाई समेट्दै टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले विशाल राईलाई बाहिर राखेका छन्।
नेपालले छनोट खेलमा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ। समूह ए मा रहेको नेपालले पहिलो खेलमा जुन ८ मा जोर्डनसँग खेल्दै छनोट खेलको सुरुवात गर्नेछ। दोस्रो खेलमा ११ जुनमा कुवेत र अन्तिम खेलमा इन्डोनेसियासँग १४ जुनमा खेल्नेछ।
नेपालले सबै छनोट खेल कुवेतमा खेल्नेछ। टोलीको बन्द प्रशिक्षण १५ अप्रिलबाट सुरु हुने एन्फाले जनाएको छ।
नेपाली टोली
किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी। नवयुग श्रेष्ठ, पुजन उपररकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ
Shares
प्रतिक्रिया