तीव्र गतिका बलर करण केसीले टी२० आई क्रिकेटमा ५० विकेटको आँकडा पूरा गरेका छन्।
करणले घरेलु मैदानमा जारी टी २० आई सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा उनले ५० विकेट झारेका हुन्।
करणले पहिलो ओभरको चौथो बलमा लेगा सियाकाको विकेट झार्दै ५० विकेटको आँकडा पुरा गरे।
नेपालले पनि टी २० आईमा ५० औँ खेल खेलिरहेको छ। नेपालबाट टी २० आईमा ५० विकेटको आँकडा पूरा गर्ने करण दोस्रो खेलाडी हुन्।
करणले ३६ खेलमा ५० विकेट पूरा गरे। यसअघि लेग स्पिनर सन्दीप लामिछानेले ३६ खेलमा नै ६७ विकेट झारेका छन्।
करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट टि२० आईमा डेब्यू गरेका थिए।
42
Shares
प्रतिक्रिया