त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले १९ औं ओभरमा ३२ रन बटुलेको छ। १९ औं ओभरको पहिलो बलमा चौका हानेका मोहम्मद आदिल आलमले दोस्रो बलमा छक्का प्रहार गरे।
तेस्रो बल नो बल हुँदा त्यसमा पनि छक्का प्रहार गरेका उनले त्यसपछि पाएको फ्रि हिटमा पनि छक्का प्रहार गरे। चौथो बलमा उनले तीन रन बटुले।
पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले पुनः छक्का प्रहार गरे। तर, उनी ओभरको अन्तिम बलमा क्याचआउट भए। उनले कूल ३३ बल खेल्दा ३ चौका र ४ छक्कासहित ६६ रन बनाए।
156
Shares
प्रतिक्रिया